२९ फाल्गुन २०७२, शनिबार

घोराही -२ गुलरियामा किराना पसल गर्ने ३२ वर्षीया रिता चौधरीमाथि बिहीबार एसिड प्रहार भएको छ । चुरोट किन्न आएको युवकले उनीलाई एसिड छ्यापेर भागेको हो ।

दाङमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको छ । आक्रमणकारीको पहिचान भएको छैन । सोधपुछका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

acid

 

मोटरसाइकलमा आएका युवकले एसिड हानेर भागेको उनले बताएकी छिन् । बेलुका करिब ७ बजेतिर मोटरसाइकलमा आएका दुईजनाले सिरिन्जले एसिड छर्केको उनको भनाई छ । आक्रमण गर्नेको पहिचान नखुलेको र अनुसन्धान जारी रेहको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुवेर कठायतले बताएकन छन् ।

एसिड आक्रमणबाट चौधरीको देब्रे कान, गर्धन र गाला जलेको छ । चौधरीलाई राप्ती उपक्षेत्रीइ अस्पताल घोराहीमा प्राथमिक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर शिक्षण अस्पतालमा लगिएको हो । उनका श्रीमान् भारतमा रोजगारी गर्छन् भने उनी घोराहीमा किराना पसल सञ्चालन गर्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV