२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ,   प्रधानमन्त्री केपी ओलीलाई चीनबाट आकर्षक प्रस्ताव आएको  छ ।

Xi-Jinping-and-KP-oli-650x339

प्रधानमन्त्री नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी लि खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएका छन् ।

चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् – कत्रो विमान पठाउँ ?’

प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ ।

खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV