२८ फाल्गुन २०७२, शुक्रबार

भक्तपुर,  प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौलाको उपचार स्वदेशमै पाउने गरी भक्तपुरको मृगौला पत्यारोपण केन्द्रलाई  विस्तार गर्नुपर्ने बताउनुभएको छ । केन्द्रले सुरु गरेको नयाँ सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विपन्न नागरिकका लागि सहज स्वास्थ्यउपचार आवश्यक रहेको बताउनुभयो ।

ccc

विश्व मृगौला दिवसको अवसरमा  भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रको अत्याधुनिक ग्यास्ट्रोइन्टरोलोजी, आई. सि.यू र प्याथोलोजी सेवाको आरम्भ गरेको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विदेशमा मृगौलाको उपचार महँगो भएकाले स्वदेशमा नै विपन्न नागरिकले सेवा पाउने गरी सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।

नौ वर्षअघि आफूले मृगौला प्रत्यारोपण गर्नका लागि विदेश धाउनु परेको स्मरण गर्दै प्रधानमन्त्री  ओलीले विज्ञानको विकासले नेपालमा यसको थप सेवा विस्तार भएको जिकिर गर्नुभयो । केन्द्रमा अन्तराष्ट्रियस्तरको प्याथोलोजी सेवा सुरु हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाले अव मृगौला रोग संबन्धि परिक्षणका लागि विदेशीनु नपर्ने बताउनुभयो

फरक प्रसंगमा सरकारमा गएको ५ महिना बितिसक्दा पनि आफुले जे गरौला भनेर सोचेको त्यो गर्न नसकेको उहाँको कथन छ ।

 

LIVE TV