२८ फाल्गुन २०७२, शुक्रबार

सप्तरीको भारदहमा शुक्रबार अपरान्ह ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

accident-430x316

अपरान्ह ३ : २० बजे भारदह–१ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको अन–टेष्ट मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार सोही ठाउँका २० वर्षीय पप्पु माझीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक सोही ठाउँका २० बर्षीय सन्देष मण्डल गम्भीर घाईते भएका छन् ।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक फरार रहेकाले खोजी भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV