२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यहरुको मतगणनामा डा. शेखर कोईराला सवैभन्दा अगाडी छन् । मतगणना शुक्रवारको लागि स्थगित भएको छ ।

sakhar-koirala1-600x250

शुक्रवार साँझसम्मको मतगणनामा कोईराला ३५४ मतसहित सवै भन्दा अगाडी हुनुहन्छ । त्यस्तै गरी खुमबहादुर खड्का, प्रकाशमान सिंह, प्रदिप पौडेल, विमलेन्द्र नीधि, पूर्णबहादुर खड्का लगाएतका नेताहरु रहनुभएका छ । अहिलेसम्मको मतगणनामा केही चर्चित हस्तीहरु धेरै पछाडी रहेको स्थिती छ ।

यसै गरी आदिवासी जनजातीतर्फ चिनकाजी श्रेष्ठ सवैभन्दा अगाडी देखिनुभएको छ । बहादुरसिंह लामा, महादेव गुरुङ, आङ्गेलु शेर्पा क्रमैसंग रहनुभएको छ ।

महिला केन्द्रीय सदस्यतर्फ डिला संग्रौला सवैभन्दा अगाडी देखिनुभएको छ । पुष्पा भुषाल, कमला पन्त, अम्विका बस्नेत, इश्वरी न्यौपाने क्रमैसंग रहनुभएको छ ।

२ उम्मेदवार निर्वाचित हुने आदिवासी महिला केन्द्रीय सदस्यतर्फ सीता गुरुङ शीर्ष स्थानमा हुनुहुन्छ । ललिता किङरिङ मगर, रत्न शेरचन क्रमैसंगै रहनुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्यहरुको पूर्ण परिणाम आउन अझै एक हप्ता लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV