२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ,  नेपाली कांग्रेसका खुलातर्फका केन्द्रीय सदस्यहरुको मतगणना शुक्रबार पनि जारी छ ।

congress-matganana.1jpg-660x330
मतगणना सुरु भएको तेस्रो दिन शुक्रबार पार्टी कार्यालय सानेपामा पाँच ठाउँमा गणना गर्ने व्यवस्था मिलाइएको छ ।

मतगणनामा धेरै समय लाग्ने भएपछि कांग्रेस निर्वाचन समितिले पाँच ठाउँमा मतगणनाको व्यवस्था गरेको हो ।

खुलातर्फका केन्द्रीय सदस्यको ६०३ मतगणना हुँदा डा. शेखर कोइराला, खुमबहादुर खड्का, प्रकाशमान सिंह, प्रदीप पौडेल, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, बालकृष्ण खाण अग्रस्थानमा छन् ।

त्यस्तै, रमेश लेखक, महेश आचार्य, प्रदीप गिरी, धनराज गुरुङ, कुलबहादुर गुरुङ, डा. रामशरण महत, बलबहादुर केसी, विश्वप्रकाश शर्मा, सुजाता कोइराला, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, शंकर भण्डारी, चन्द्र भण्डारी, डा. नारायण खड्का, गोपालमान श्रेष्ठ, बद्री पाण्डे, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, जिपछिरिङ लामा २५ नम्बरभित्र पर्ने दौडधुपमा छन् ।

सूची हेर्नोस्

list-final1111

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV