२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, पछिल्लो ६० वर्षमा पटक पटक राजनीतिक व्यवस्थाहरु परिवर्तनहरु भए । मुलकले भिन्न भिन्न नेतृत्वहरु पायो । तर शैली फेरिएन । २०४६ सालपछि प्राप्त प्रजातन्त्र र बहुदल हुदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश ग¥यो । तर आजसम्म आईपुग्दा पनि देशका नेतृत्वकर्ताहरु पुरानै शैली र संस्कारबाट चलिरहेका छन् । जति नै व्यवस्था परिवर्तन भए पनि मुलुक बिकासको गतिमा भने कहिल्यै अगाडी बढ्न सकेन ।

पछिल्लो ६० वर्षमा मुलुकको केन्द्रिय राजनितिमा धेरै उतारचढाबहरु आए र थुपै्र परिबर्तनहरु भए । २००७ सालमा प्रजातन्त्र आयो त्यसपछि २०४६ सालमा पंचायती ब्यबस्थाको अन्त्य भइ बहुदलिय शासन ब्यबस्था पनि आयो । २०६२÷६३ को जनआन्दोलनले परम्परागत राजतन्त्रलाई फालेर मुलुक संघिय लोकतात्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा परिणत भयो । यसरी हेर्दा नेपालमा सबै खाले राजनैतिक ब्यबस्थाहरु लागु भए र सबैखाले ब्यस्थाहरुको परिक्षण पनि भइसक्यो तर मुलुक संघिय लोकतात्त्रिक गणतन्त्रमा प्रबेश गर्दा पनि देशका राजनैतिक दल र नेतृत्वहरु भने पुरानै राजनितिक ढर्राबाट संचालन भइरहेका देखिन्छन् । जतिसुकै नयाँ दल वा नेता किन नहुन बिचारधारा पुरानै । नेताहरुमा एकखालको राजनैतिक कलह, सत्ताको मोह, भ्रष्टाचारतन्त्र साथै पुरानै निती र नेतृत्वका कारण सक्षम शक्तिको पालो नआएको जनधारणा रहेको छ ।

मुलुक परिवर्तन गर्ने वाहनामा थुप्रै राजनितिक दलहरु निस्किए । तर विगत देखी आजसम्म आइपुग्दा देश संचालन गर्ने नेतृत्वहरुमा भने कुनै परिवर्तन आउन नसकेको महशुस हुन्छ । जुन जोगी आएपनि कानै चिरेका भनेझै देखिएका छन् पटक पटक उदाएका देशका नेतृत्वकर्ताहरु । विश्व परिबर्तनको रफ्तारमा नेपालजस्ता कैयौं मुलुकहरु आज बिकासको चरम गतिमा अगाडि बढिरहेका छन् तर नेपाल भने पुरानै अबस्थामा रहेको छ । नयाँ सोच र परिबर्तनको राम्रो नेतृत्व पाउने हो भने १० बर्षमा होइन ५ बर्षमै मुलुक बिकसित हुन्छ । तर गर्ने कसले ?

देशलाइ निकास दिने र बिकसित नेपाल बनाउने नेतृत्व कहिले आउला ? मुलुकको बिकास र समृद्धिको आशा गरिरहेका जनताको सपना साकार कहिले हुने र कहिलेसम्म कुर्ने ? यी र यस्ता प्रश्नहरु अझै अनुत्तरित नै छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV