२८ फाल्गुन २०७२, शुक्रबार

जिल्ला बन कार्यालय बर्दियाले बर्दिया जिल्लाका चारवटा सामुदायिक बनमा यस बर्षदेखि बैज्ञानिक बन ब्यवस्थापन कार्य शुरु गर्ने भएको छ । बर्दिया जिल्लामा रहेका कुल २ सय सामुदायिक बन मध्य यस बर्ष चारवटा सामुदायिक बनमा बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम शुरु गर्न लागिएको हो ।

ban

जिल्लाको ढोढरी गाविसमा पर्ने दउँरानी फुलबारी महिला सामुदायिक बन, बनियाभार गाविसमा रहेको जन कल्याण सामुदायिक बन, बनियाभार गाविसकै जलजला सामुदायिक बन र धधवार गाविसको जन कल्याण सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम शुरु गर्ने जिल्ला बन कार्यालय बर्दियाले जनाएको छ । सरकारले तिन दशक अघि नै नेपालका सामुदायिक बनलाई बैज्ञानिक बन बनाईने निर्णय गरेको भए पनि यस बर्षदेखि मात्र बर्दिया जिल्लाका चार स्थानमा रहेका सामुदायिक बनहरुलाई बैज्ञानिक बन बनाउँन शुरु गरिएको हो । सरकारले ल्याएको अवधारण अनुरुप बैज्ञानिक बन ब्यवस्थापनको कार्यक्रम अगाडि बढेपछि स्थानिय उपाभोक्ताहरु समेत यतिबेला खुसि देखिएका छन् । बन जंगलमा रहेका पुराना रुखहरुलाई ब्यवस्थापन गरि नयाँ रुखहरु रोप्ने भएका कारण स्थानीय उपभोक्ताहरुमा खुशी छाएको देउँरानी फुलबारी सामदायिक बनका अध्यको भनाई छ ।

forest

यस बर्ष चार वटा सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम शुरु गरिने भए पनि बिस्तारै यसलाई बढाउँदै लैजाने समेत जिल्ला बन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया जिललामा रहेको कुल बन क्षेत्रफल १ लाख ३० हजार २ सय हेक्टर बन क्षेत्र मध्य जिल्ला बन कार्यालय बर्दियाको अधिकार क्षेत्रभित्र रहेको २१ हजार ७ सय हेक्टर बन मध्यको करिव ९ सय ६ हेब्टर जमिनमा यस बर्ष बैज्ञानिक बनको काम शुरु  गरिएको हो । चार वटा सामुदायिक बन भित्र रहेका नयाँ बिउ उत्पादन नहुने र वृद्धि विकास समेत नहुने करिव ८० बर्ष पुराना बिभिन्न जातका रुखहरुलाई ब्यवस्थापन गरि नयाँ तथा पुर्नउत्पादनमा जोड दिनका लागि बैज्ञानिक बन ब्यवस्थापन कार्य शुरु गिरिएको जिल्ला बन कार्यालय बर्दियाका बिकास फाँट प्रमुख एवं सहायक बन अधिकृत द्रोण शर्माले बताउँनुभयो ।

ढिलै भए पनि यतिबेला जिल्ला बन कार्यालय बर्दियाल बैज्ञानिक बन ब्यवस्थापनको कार्य शुरु गरेपछि वन पैदावर जोगाउन मद्धत गर्नुका साथै वातावरणीय सन्तुलन समेत कायम राख्न सहयोग गर्ने वन कार्यालयको कथन छ  ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV