२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ,  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सँगठनका कर्मचारीहरु डिलुसिनल प्यारासुटोसिस अर्थात भ्रमले ग्रसित भइराख्ने मानसिक रोगबाट गं्रसित भएको भन्दै यसको उपचार आवश्यक रहेको बताउनुभएको छ ।

igp aryaal

आईजिपी अर्यालले प्रहरी कर्मचारीलाई लागेको रोगबारे दिएको टिप्पणी औधी रोचकको छ । धेरै वर्ष पहिले एक अमेरिक बैज्ञानिक टि आर ट्रेलरलाई आफ्नो चालिस औँ जन्मदिनतिर जिउ चिलाएपछि उनले यसबारे जीवनभर अनुसन्धान गरेका थिए । यतिसम्मकी जिउ चिलाएकोबारे ल्याबदेखि अरु बैज्ञानिकलाई समेत आफ्नो छाला परिक्षणका लागि पठाएका थिए । ४० वर्षको  अनुसन्धानकै क्रममा उनको मृत्युपछि कारण खुल्यो त्यो डिलुसिजल प्यारासुटोसिस रोग हो । बैज्ञानिक ट्रेलरले जीउ नचिलाएपनि चिलाएको भ्रममा ४० वर्ष विताएका थिए । यो अध्ययनबाट के पनि खुल्यो भने कतिपय मानिसहरुलाई एउटालाई चिलायो भने अर्कोलाई पनि चिलाए झैँ लाग्छ । आईजिपीले यो रोगको लक्षण प्रहरीका कर्मचारीसँग पनि मिल्ने भन्दै साधन, स्रोतको समस्या देखाउने रोग मानसिक मात्र भएको आईजिपीको ठम्माई छ । सकारात्मक सोच राख्दै उपवब्ध साधन र स्रोतको अधिकतम उपभोग गने हो भने अपराध अनुसन्धानका लागि पर्याप्त रहेको जिकिर गर्नुभयो ।

अपराध अनुसन्धान विभागले देशभरका अञ्चलका एसएसपीहरुलाई बोलाएर अपराध अनुसन्धानसम्बन्धि एकदिने अन्तरक्रिया आयोजना गरेको थियो । अन्तरक्रियामा एसएसपीहरुको गुनासो सुनिसकेपछि महानिरिक्षक उपेन्द्रकान्त अर्यालले भने उल्टै उनीहरुप्रति आफ्नो गुनासो सुनाउँदै अपराध अनुसन्धानमा अञ्चल एसएसपीहरुको भूमिका कमजोर भएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । एआईजी एआइजी विज्ञानराज शर्माले देशैभरी लागु भैरहेको ‘क्राइम एक्सन प्लान’ अनुसार अपराध अनुसन्धानमा ध्यान दिन र त्यसको लागि जनशक्ति व्यस्थापन गर्न अञ्चलका एसएसपीहरुलाई निर्देशन दिए । सिआईबी प्रमुख डिआइजी नवराज सिलवालले मोफसलमा अपराध अनुसन्धान सुस्त हुँदै गएको भन्दै प्रहरीको साख जोगाउन पनि अनुसन्धानमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।

एसएसपी सर्वेन्द्र खनालले अञ्चलका एसएसपीहरुले एक आपसमा र केन्द्रमा समन्वय गरेर काम गर्न सुझाव दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV