२८ फाल्गुन २०७२, शुक्रबार

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियाको अहमद अबाद जिल्लामा सुरक्षाबल र तालिवान आतङ्ककारीबीच बिहीबार भएको झडपमा दुई स्थानीय प्रहरीले ज्यान गुमाएका छन् ।

peshawar_attack
प्रान्तीय प्रहरी प्रमुख कादिर गुल जदरानका अनुसार तालिवान आतङ्ककारीहरुले गरेको एम्बुस आक्रमणमा ती प्रहरीको मृत्यु भएको हो ।

यस झडपको क्रममा सुरक्षाबल र तालिवानबीच भएको दोहोरो गोली हानाहानमा तालिवानतर्फ पनि हताहती भएको तर यसको एकिन विवरण प्राप्त भइनसकेको बताइएको छ । रासस÷एपी

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV