२८ फाल्गुन २०७२, शुक्रबार

ढाका-साइबर चोरहरुले बंगलादेशको केन्द्रीय बैंकबाट १ खर्ब रुपैयाँ चोरी गर्न खाजेको खुलासा भएको छ । ह्याकरहरुले समूहले बैंकका अधिकारीहरुको तथ्यांक प्रयोग गरेर उक्त चोरी गर्न खोजेको रोयटर्सले बैंकका अधिकारीहरुलाई उद्धृत गर्दै लेखेको छ । ह्याकरहरुको उद्देश्य सफल भएको भए बैंकबाट लगभग १ बिलियन डलर चोरी हुने बताइएको छ ।

hhsapgwauqnea84rzu3e

तर, अन्य बैंकमा कारोबारको मात्रा शंकास्पद रुपमा बढेपछि उनीहरुको योजना पर्दाफास भएको थियो । उनीहरुको योजना थाहा पाउँदासम्म कम्प्युटर ह्याकरहरुले ८० मिलियन डलर (लगभग १ अर्ब रुपैयाँ) चोरी गर्न भ्याइसकेका थिए । यो घटना करिब एक महिनाअघि भएको खुलासा भएको छ ।

योजनालाई कार्यान्वयन गर्न ह्याकरहरुले लामो समय केन्द्रीय बैंकको बारेमा अध्ययन गर्न लगाएका थिए । पछि, बैंककै अधिकारी बनेर उनीहरुले पैसा चोर्न खोजेका थिए । रोयटर्सका अनुसार ट्रान्जाक्सनको संख्या बढेपछि र सोही क्रममा हिज्जेमा गल्ती भएपछि उनीहरुको योजना पत्ता लागेको थियो । न्युयोर्कको फेडरल रिजर्भ बैंकले पनि बंगलादेशको केन्द्रीय बैंकलाई शंकास्पद गतिविधि भइरहेको सूचना दिए पनि त्यसलाई बेवास्ता गरिएको थियो ।

यदी समयमा नै यो पत्ता नलागेको भए केन्द्रीय बैंकबाट ९ सय ५० मिलियन डलर चोर्न सफल हुन्थे । उनीहरुले चोरी गरेको ८० मिलियन डलर श्रीलंका र फिलिपन्सको बैंक खातामा जम्मा भएको रोयटर्सले जनाएको छ । उक्त पैसा फिर्ता ल्याउन केन्द्रीय बैंकले प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV