काठमाडौँ, सिन्धुपाल्चोक केन्द्र विन्दु भएर शुक्रबार दिउँसो परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा परकम्प गएको हो ।
लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको परकम्पको तिव्रता ४.२ रेक्टर स्केलको रहेको थियो ।
वैशाख १२ को भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी परकम्प गइसकेका छन् ।