
‘वीर बिक्रम’ फिल्मको सारे सारे … बोलको अफिसियल गीत सार्वजनिक भएको छ । माया प्रेमको कथा बोल्ने उक्त गीतमा दयाहाङ राई र दीया पुनको फिचरीङ रहेको छ । सारे सारे… बोलको गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ । गीतमा फरक गेटअपमा देखिएका दयाहाङ र दीयाको फिचरीङ रहेको नृत्यलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी छिन् । त्यस्तै उक्त गीतको संगीत ताराप्रकाश लिम्बुकै रहेको छ भने शब्द दिनेश राउतले लेखेका हुन् ।
‘वीर बिक्रम’ फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सामाजिक कथा बस्तु प्रस्तुत गर्ने फिल्म ‘वीर बिक्रम’ को अप्रिल २ मा लण्डनमा प्रिमियरको आयोजना निर्माण पक्षले गर्ने जनाएका छन् । तेस्तै हङकङमा पनि फिल्म ‘वीर बिक्रम’ को बिशेष शो को तयारीमा निर्माण टोली रहेका बताउँछन् । ‘वीर बिक्रम’ फिल्ममा दयाहाङ राईको साथमा दीया पुन र अनुप बिक्रम शाहीले मुख्य भुमिकामा अभिनय गरेका छन् ।