२८ फाल्गुन २०७२, शुक्रबार

Ram-Pyari-Rekha-Thapa-Nepali-Films-Movies
निकै चर्चामा रहन सफल नायिका रेखा थापा अहिले आफैले निर्माण गरेका फिल्महरुमा मात्र अभिनय गर्ने गरेकी छिन् । अहिले नायिका थापा आफैले निर्माण गरेकी फिल्म ‘रामप्यारी’को रीलीज मिति नजिकीदै गर्दा उनि निकै ब्यस्त छिन् । रेखा थापाले निर्माण गरेकी फिल्म ‘रामप्यारी’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । ‘रामप्यारी’ फिल्मलाई निर्माण पक्षले चैत्रको २६ मा दर्शकमाझ प्रस्तुत गर्ने बताएका छन् । फिल्म ‘रामप्यारी’ आम दर्शकहरुमा समर्पित भएको निर्मात्री तथा नायिका रेखा थापाले बताएकी छिन् । त्यस्तै फिल्म ‘रामप्यारी’ दर्शकहरुकै रहेको बताउँदै थापाले उक्त फिल्मले सम्पुर्ण दर्शकहरुलाई मनोरञ्जन दिने बताईन् । साथै चैत्रको २६ मा सम्पुर्ण दर्शकहरलाई हेरीदन अनुरोध पनि गरेकी छिन् ।
vlcsnap-2016-03-10-17h52m56s141
फिल्म ‘रामप्यारी’ फिमेल ओरीन्टेड फिल्म रहेको निर्माण पक्षले बताएका छन् । फिल्म ‘रामप्यारी’ले सबै कुराको मिश्रण भएको हुनाले सम्पुर्ण दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्दै महिलाहरुपनि पुरुष जस्तै हरेक क्षेत्रमा सक्षम रहने सन्देश प्रस्तुत गर्नेछ । फिल्ममा रेखा थापाका साथै सबिन श्रेष्ठ, आश्मा डि.सि. र आभास अधिकारी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । आभास अधिकारीले यसै फिल्म ‘रामप्यारी’ बाट नेपाली फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गरेका छन् ।
vlcsnap-2016-03-11-13h47m10s814

प्रतिक्रिया दिनुहोस्

LIVE TV