२८ फाल्गुन २०७२, शुक्रबार

फ्राईडे रिलीजको रुपमा यो साता भने नेपाली फिल्म ‘च्याम्पियन’ मात्र रहेको छ । त्यस्तै बलिउड फिल्म ‘तेरा सुरुर’ र हलिउड फिल्म ‘म्याड म्याक्सःफ्युरी रोड’ पनि यसै साताबाट दर्शक माझ प्रस्तुत भएका छन् । बिबि फुयाँलले निर्देशन गरेको फिल्म ‘च्याम्पियन’ले क्रिकेट खेलका कथालाई पेश गर्नेछ । स्पोर्टस् ड्रामा जन्र्मा राखिएको फिल्म ‘च्याम्पियन’मा दिक्पाल कार्की, मञ्जिता केसि,साहिल खान, शारदा आचार्य,जेएन घिमिरे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ‘च्याम्पियन’ फिल्मलाई रीता पोखरेलले निर्माण गरेकी हुन् । त्यस्तै सह निर्माताको रुपमा युवराज पोखरेल रहेका छन् । आर.डि.मिडिया हाउसले प्रस्तुत गर्ने फिल्म च्याम्पियन लाई शाहिल खानले सम्पादन गरेका छन् । त्यस्तै कबिराज गहतराजले नृत्य निर्देशन गरेका च्याम्पियनलाई प्रबन गौतमले खिचेका हुन् ।
index111111111111
त्यस्तै हलिउड फिल्म ‘म्याड म्याक्सःफ्युरी रोड’ पहिलेनै अन्य देशहरुमा रिलीज भए पनि नेपाली दर्शकमाझ भने यसै साताबाट प्रस्तुत भएको छ । ‘म्याड म्याक्सःफ्युरी रोड’ फिल्मले यसपटकको ओस्कारमा छ बिधामा सर्वाधिक अवार्ड पनि जितिसकेको छ । फिल्मले मानबिय सभ्यता ध्वस्त भएपछि अस्तित्वका लागि हुने संघर्षको कथालाई प्रस्तुत गरेको छ । निकोलस हल्ट,चार्लिज थेरोन,टम हार्डि लगाएतका कलाकारहरुले ‘म्याड म्याक्सःफ्युरी रोड’मा अभिनय गरेका छन् भने फिल्मलाई जर्ज मिलरले निर्देशन गरेका हुन् ।
is3333333
अघिल्लो साता दुई नेपाली फिल्महरु ड्रिम्स र फुलै फुलको मौसम तिमीलाई पनि अझैं प्रदर्शनरत रहेका छन् । बलिउड फिल्म ‘तेरा सुरुर’ पनि यसै साताबाट प्रदर्शनमा आएको छ । तेरा सुरुर फिल्ममा लभ,एक्शन र रोमान्सलाई प्राथमिकतामा राखिएको छ । शवन आरन्हाले निर्देशन गरेका तेरा सुरुरलाई भुषण कुमार, भिषण रेशममीया र सोनीया कपुरले निर्माण गरेका छन् । फिल्ममा हिमेश रेशममीया,फराह करीमी, कवीर बेदि,मोनिका डोग्रा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
2222

प्रतिक्रिया दिनुहोस्

LIVE TV