२८ फाल्गुन २०७२, शुक्रबार

कांग्रेसको दलित, महिला र जनजाति तर्फका केन्द्रीय सदस्यको मतगणना आजबाट सुरु हुने

नेपाली कांग्रेसको १३ ओं महाधिवेशन अन्तर्गत दलित, महिला र जनजाति कोटाका केन्द्रीय सदस्यको मत गणना आजबाट सुरु हुने भएको छ । आज बिहान १० बजेदेखि मत गणना सुरु गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

kangreshflag
कांग्रेसको विधान अनुसार दलित कोटाबाट ३ पुरुष २ महिला, महिला कोटाबाट ६ जना, जनजाति कोटाबाट ३ पुरुष २ महिला निर्वाचित हुने व्यवस्था छ । पार्टी कार्यालय सानेपामा जारी कांग्रेस खुल्लातर्फको हालसम्मको मतगणनामा भने नेता खुमबहादुर खड्का सवैभन्दा अगाडि देखिनुभएको छ । त्यसपछि क्रमैसंग प्रकाशमान सिंह, डा.शेखर कोईराला, प्रदिप गिरी, प्रदिप पौडेल, बालकृष्ण खाँड लगायतका नेताहरु रहेका छन् । खुलातर्फको मतगणना निकै ढिलो भएको भन्दै तीव्र असन्तुष्टीहरु पनि आएका छन् । हिजो साँझ स्थगित मतगणना अहिले विहान १० बजेपछि पुनः सुरु हुदैंछ । केन्द्रीय सदस्यहरुको मतगणना सुरु भएको तीन दिन भैसकेको छ । तर पूर्ण परिणाम आउन अझै केही दिन लाग्ने भएपछि कांग्रेस निर्वाचन समितिको तीव्र आलोचना भईरहेको छ ।

LIVE TV