२८ फाल्गुन २०७२, शुक्रबार

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको सभापतिका उम्मेदवार रहेका कृष्णप्रसाद सिटौलाले पाँच सय मत नकटाएपछि लाजिम्पाटमा रहेको होटल ¥याडिसनमा भएको छलफलले नयाँ कोर्स तय गरेको बुझिएको छ । २४ गते विहान सो होटलमा भारतीय राजदूत रञ्जित रेले काँग्रेसका सभापति उम्मेदवार शेरबहादुर देउवा, सिटौला, नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईलाई बोलाएर नेपालको राजनीतिक कोर्सका बारेमा छलफल गरेका थिए ।

उक्त छलफलको यो जनाअनुसार नै सिटौलाले सभापतिमा देउवालाई सहयोग गर्ने र दुई घण्टामा दुई फरक विज्ञप्ति जारी गर्ने सहमति भएको थियो । भारतीय राजदूत रेलाई भेट्न डा भट्टराई एकाविहानै होटल ¥याडिसन पुगेका थिए । राजदूत रेले अरु साथीहरुसँग पनि संयुक्त छलफल गरौला नी हुन्न भन्दै बोलाएका थिए । विहान ७:३० बजे डा भट्टराई पुगे लगत्तै देउवा पुगेका थिए । लौ ढिलो भयो कि हो भन्दै देउवा हस्याङ फस्याङ गर्दै पुगेका थिए ।

Sherbhadur-Deuba-6

राजदूत रेले होइन होइन ठिक छ लौ बस्नुस सभापति जी भन्दै देउवाको स्वागत गरेका थिए । होटलका एक कर्मचारीकाअनुसार भट्टराईले कालो कफी लिए भने देउवा र सिटौला र रे ले भने इच्छाअनुसार लिए । कुराको सुरुवाती देउवाले गरेका थिए, लौ मलाई हतार छ , आज सभापतिको लागि पुन चुनाव हुँदै छ उता बाहुन (रामचन्द्र पौडेल)हरु अन्नपूर्णमा बसेका छन् रे ।

त्यसलाई क्रस गर्न योजना बनाउनुछ । देउवाले त्यति बोलेपछि डा भट्टराईले कोटको खल्तीबाट एउटा कागज झिकेर दिए । राजदूत रेले पनि भट्टराईतिर फर्केर सही थापे । डा भट्टराईले दिएको कागजअनुसार नै सिटौलाले देउवलाई सहयोग गर्ने रणनीति बने को सिटौला स्रोतले बतायो । लौ त ठिक छ भन्दै देउवा उठे ।

सिटौला विज्ञप्ति तयार पार्न भन्दै आफ्नो निवास हान्निए । तर भट्टराई र राजदूत रे भने विहान १०:३० बजे मात्रै होटल छाडेको बताइन्छ । नयाँ शक्तिको नाममा एमाओवादी विरुद्ध मिशन चलाइरहेका डा भट्टराई र राजदूत रेको भेटघाट पछिल्लो दिनमा बाक्लिएको स्रो तको दावी छ । यसवारे बाबुरामसंग फोन सम्पर्क गर्दा उनले फोन रिसिफ गरेनन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV