२८ फाल्गुन २०७२, शुक्रबार

कञ्चनपुर । आफ्नो परीवारको भरणपोषण र सुन्दर भविष्यको कल्पना गदै विदेशिएका अछाम पातलकोट ८ का राम बहादुर थापालाई तब ब्रजपात प¥यो ।

जब आफ्नै श्रीमती पार्वती विष्ट थापाले ठुलो कष्टका साथ धन कमाई घर पठाएको ठुलो परिणामको रकम समेत लिई उनकै भिनाजु सागर खड्कासँग फरार भईन ।

कैलाली बोराडाँडी बस्ने खड्काले २०७२ फागुन ४ गते हाल हल्दुखाल बस्दै आईरहेकी पार्वती विष्ट थापालाई विभिन्न संहकारी, व्यक्ती र विदेश देखि श्रीमान्ले पठाएको रकम सहित करीब रु.२५ लाख रुपैया लिएर फरार रहेको खुल्न आएको छ ।

farar

उनले लगेको रकम मध्ये फारुवाङ्ग लघुवित्त रु.८० हजार, लक्ष्मी लघुवित्त रु.९० हजार, उदयदेव सहकारी रु.९० हजार, कञ्चन लघुवित्त रु.५० हजार, कलावती चन्द रु.२ लाख, पार्वती देवी धामी रु.८ लाख र तारादेवी धामीको चार आना सुन सहित बाँकी श्रीमान्ले पठाएको रकम गरी रु. २५ लाख बराबरको रकम लगेर फरार भएकी छिन् ।

श्रीमान् जेलमा परेको कहिले छोराछोरी विरामी भएको आदि बहाना बनाई पैसा मागने गरेको यस अघि पनि विभिन्न वहानामा रकम माग गरी फिर्ता समेत गर्ने गरेको, पिडित पक्षले बताए । हाल उनी दुवै बम्बई भएको आफनो रुपैया माग्दा फोनमा समेत धम्की दिनेगरेको पिडित कलावती चन्दले बताईन ।

अहिले पिडित व्यक्ती र संस्था आफ्नो रकम असुली गर्न प्रहरी समक्ष पुगेको छ, फागुन २८ गते सागर खड्ककी श्रीमती ले आफ्नो श्रीमान र भाई बुहारीको विरुद्ध कैलाली प्रहरी कार्यलमा मुद्धा दर्ता गराउने भएकीछन् भने भाई राम बहादुर थापाले ३ वर्ष सम्म विदा नमिल्ने हुनाले भतिजा लाई भनेर मुद्धा दर्ता गर्न लगाएको पिडित पक्षले बताए । निज खड्काका २ छोरी १ छोर छन् भने पार्वती विष्ट थापाका १ छोरा १ छोरी रहेका छन् ।साझा सबालमा खबर छ

 

LIVE TV