पुनर्निर्माण सरकारी अनुदानको पहिलो किस्ता यही फागुन ३० गते दोलखाबाट वितरण गर्ने तयारी भएको छ । कान्तिपुर दैनिकमा समाचार छ।
प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले सर्वेक्षण सकिएका ठाउँमा अनुदान वितरण थाल्ने मापदण्डअनुसार दोलखाको सिंगटीबाट पहिलो किस्ता अदुदान वितरण सुरु गरिने बताए ।
उनले रकम वितरणका लागि स्थानीय विकास मन्त्रालयलाई २६ करोड रुपैयाँ निकासा दिइसकेको बताए।