
नेकपा क्रान्तिकारी माओवादीका नेताकार्यकर्ताले पार्टी एकताको लागि अवरोध नपुर्याउन अध्यक्ष मोहन बैद्यलाई दबाब दिएका छन् । पार्टी एकतामा अवरोध पुग्ने प्रकृतिको दस्तावेज नलेख्न पनि उनीहरुले अध्यक्ष वैद्यसँग आग्रह गरेका छन् ।
वैद्यले लेखेको दस्तावेजले पार्टी एकतालाई सहयोग नगर्ने भन्दै महासचिव रामबहादुर थापाले तर्क गरेपछि वैद्यको दस्तावेज छलफलका लागि आगाडि बढ्न नसकेको एक नेताले बताए ।
ती नेताका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले संघर्षको जुनसुकै रुप अवलम्बन गरी जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न सकिने लिखित जवाफलाई सकारात्मक मानेका वैद्ययले त्यसको व्याख्या गर्ने क्रममा पार्टी एकतामा अवरोध पुर्याएको ठहर थापाले गरेका हुन् ।
माओवादी घटक दलहरुबीचको एकतामा अवरोध पुग्ने किसिमकका कुनै पनि गतिविधि गर्न नहुने पक्षमा उभिएका महासचिव थापाले वैद्यलाई एकता पक्षमा उभिएर दस्तावेज तयार पार्न सुझाव दिएको ती नेताले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।