कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा देखिएको सुस्तताले चैत ३ गतेभित्र निर्वाचन आयोगमा निर्वाचित केन्द्रीय कार्यसमितिको नामावली पठाउनुपर्ने ‘डेडलाइन’ पूरा नहुने देखिएको छ । संविधानअनुसार कांग्रेसले चैत ३ गतेभित्र महाधिवेशन भएर चयन भएका पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ ।
निर्वाचन समितिको अव्यवस्था र सुस्तताको कारण महाधिवेशन सम्पन्न भएको तीन दिनसम्म पनि पाँच सय मत गणना हुन सकेको छैन । ‘चैत ३ गतेभित्र महाधिवेशन भएको जानकारसहित निर्वाचित पदाधिकारी र सदस्यको नामावली निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रावधान छ’, निर्वाचन आयोगमा सचिव शारदाप्रसाद त्रितालले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।