२८ फाल्गुन २०७२, शुक्रबार

संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेका छन्।दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौपटकसम्म उपचार खर्च बुझेका छन् । सांसद मेघराज नेपाली निषदले नौपटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।

money

कांग्रेसका सांसद मोहनप्रसाद बरालले आपू आक्रमणमा परी उपचारमा संलग्न रहेकेा भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV