२७ फाल्गुन २०७२, बिहीबार

रसुवा, भूकम्पपछि पुरिएको मैलुङखण्डको सडक पन्छाउने क्रममा मानव कङ्काल फेला परेको छ ।

Kankal
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार नेपाली सेनाले सडक सफा गर्ने क्रममा डाँडागाउँ गाविस–७ मा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको मुहानभन्दा माथि लामासिङ भिरमा एक मानव कङ्काल फेला परेको हो । प्राप्त कङ्कालको डिएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा आजै पठाइएको जनाइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV