
काठमाडौँ, बैशाख १२ गतेको महाभूकम्पले भत्काएका भवनहरुको पुननिर्मिाण गर्ने परियोजनासहित आगामी ५ बर्षभित्र सम्पन्न गर्ने गरी सरकार अघि बढेको छ । तर बजारमा भारतको नाकाबन्दी र मधेश आन्दोलनबाट सिर्जिएको अभावले गर्दा भवन निर्माणका लागि आवश्यक सामाग्रीहरुको पनि अभाव छ । यही समयमा शुरु गरिएको सास्कृतिक तथा ऐतिहासिक महत्व बोकेका भवनहरुको पुननिर्माण कार्यले लक्षित समयमै काम सम्पन्न हुनेमा आशंका जन्मिएको छ ।
महाविनाशकारी भुकम्पले गर्दा भत्किएका संरचनाहरुको पुननिर्माण गर्न भन्दै सरकारले केही समय अघि नै दाता सम्मेलनको आयोजना ग¥यो । आर्थिक रुपमा भूकम्पले र्पुयाएको क्षतिको पुननिर्माणका लागि ४ खर्ब ४० अर्बभन्दा बढी रकमको प्रतिवद्दता पनि जुटायोे । तर पुननिर्माणमा भने सरकारसँग अझैपनि कुनै तयारी देखिएको छैन । सरकारले भत्केका संरचनाहरु आगामी ५ बर्षभित्र पुननिर्माण सम्पन्न गर्ने योजना अत्यन्तै अव्यवहारिक भएको निर्माण व्यवसायीहरुको कथन छ । भवन निर्माण गर्न निर्माण व्यवसायीलाई वेवास्ता गर्दै सरकारले पुरानै टेण्डर प्रक्रियालाई बढुवा दिएमा तोकिएको बर्षभित्र पुननिर्माण सम्पन्न नहुने नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाको दाबी छ ।
भत्किएका पुराना सामाग्रीहरुलाई रिसाइकल गर्ने र पुर्नप्रयोगमा ल्याउने विषयमा सरकारले ध्यान दिन्ुपर्ने देउजाको सुझाव छ । ंयस्तै राजधानीमा रहेको सिमित इटा भट्टाहरुले उत्पादन गर्ने इँटाले मात्र पुननिर्माणको कार्य धान्न नसक्ने इटटा डिपोका बिक्रेता भीमबहादर प्रजापतिले बताउनुभयो । बाइट.
राजधानीमा घर निर्माणको जिम्मा लिएका केहि ठेकेदारहरुले नै बजारमा भवन निर्माणका सामाग्रीहरु अभाव भएकोले सरकारको आगामी पाँच बर्षमा पुननिर्माण सम्पन्न हुनेमा आशंका गर्न थालेका छन् । उनीहरुका अनुसार बजारमा पाइएका सामानहरु पनि दोब्बर मुल्यमा किन्नुपरेकोले निकै महङगो परेको गुनासो गर्छन् ।
राजनीतिक भागबण्डामा अल्झिएका कारण पुननिर्माण समिति तथा प्राधिकरणको गठनमा समेत ढिलाई गरेको सरकारले अब भने निर्माण सामाग्रीको सहज उपलब्ध गर्ने वातावरण मिलाउँन ढिलाई गर्नु हुँदैन ।