
बनेपा, अरनिको राजमार्गको नासिकास्थान गाविसस्थित भैंसेपाटी सडक खण्डमा आज भएको दुर्घटनामा सिन्धुपाल्चोकका श्यामकुमार शाक्यको मृत्यु भएको छ ।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६३६ नंको यात्रुवाहक बस र विपरीत दिशाबाट गइरहेको बा७प ८४९९ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक हाल भक्तपुर बस्ने ३० वर्षीय शाक्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका शाक्यको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।सो घटनामा घाइते भएका सिन्धुपाल्चोक, गुम्बा गाविसका वाङ लामाको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस