२७ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,  २८ वर्षपछि घटाल देवताको देउरो (देव प्रतिमा) महास्नान गरि आज प्रसिद्ध परशुराम धाम बाट फिर्ता भएको छ । राष्ट्र तथा जनतामा सुख शान्ति समृद्धि तथा सम्पुर्ण देवी देवताहरुको धार्मीक मिलन हुने ऐतिहासिक जनविश्वास बोकेको देउरो (देव प्रतिमा) महास्नान तथा धार्मीक महासभामा २० हजार भन्दा बढीको सहभागिता रहेको जनाईएको छ ।

parsuram dham

डडेल्धुराको परशुराम नगरपालिका ५ स्थित महाकालि गंगा किनारमा अवस्थीत परशुराम धाम (वाङघाट) फागुन २६ गते सूर्य ग्रहणका दिन प्रसिद्ध धार्मीक स्थल परशुराम धामको महाकाली नदीमा देउरो (देव प्रतिमा) महास्नान गरीएको थियो । अघिल्लो साझ वास बसेर धर्मसभा लगायत विविध कार्यक्रम हुनुका साथै फागुन २६ गते सुर्य ग्रहणका दिन विहान सुँन चाँदीका घटाल र असिग्रामको प्रतिमुर्तीलाई विधिवत स्नान, महास्नान, नित्यकर्म र देवपूजाको कार्यक्रम गरि घटाल देउरो फिर्ता भएको हो ।

महास्नानमा यस क्षेत्रका विभिन्न देवताका दुई दर्जन देउरा (देव प्रतिमा) पुगेका थिए । घटाल  देवताको देउरो (देव प्रतिमा) संगै भागेश्वर, कैलपाल, मणिलेक, वैजनाथ, भुुमिराज, लाटादेउ, निरपाल लगायतका देवताको देउरो (देव प्रतिमा) महास्नानमा सहभागी रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV