२७ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, नोटमा केरमेट नगर्न र स्टिच नलगाउन आदेशको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

supreme-court-of-Nepal
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुइँटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले संयुक्त रुपमा मुद्दा दायर गर्नुभएको हो । निवेदनमा नोटका बिटामा केरमेट गर्ने, लेख्ने, स्टिच गर्नाले झुत्रो हुने हुँदा आफूहरुको सम्पत्तिसम्बन्धी हकमा समेत आघात पुगेको उल्लेख छ । रासस

 

LIVE TV