२७ फाल्गुन २०७२, बिहीबार

कहिलेकाहीँ बाहिरी  हल्लाखल्ला वा समस्या त कहिलेकाहीँ आफ्नै दिमागमा चलिरहेको हलचलले हामीलाई अस्थीर बनाउँदछ र आफुलाई सन्तुलित राख्न निकै गाह्रो हुन्छ । जिवनमा उतारचढाव आइरहन्छन् । यस्तो उतारचढावमय जिवनमा आफुलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।

marriage-lifelong-love

यस्तोमा दिमागलाई शान्त तथा सन्तुलित राख्नका लागि केही उपायहरु कामयावी हुनसक्छन्, जुन निम्नानुसार छन्:

एकपटकमा एक कदम

आज तपाइँसँग जे भैरहेको छ त्यसमध्ये यस्तो केहीपनि  हुँदैन जसले तपाइँलाई अघि बढ्नबाट रोक्न सकोस् ।  त्यसैले एक पटकमा एउटा मात्र पाइला चाल्नुहोस् । अर्थात् एकचोटीमा एउटा मात्र काम पूरै एकाग्रताका साथ तथा इमान्दारीताका साथ गर्नुहोस् । दुइवटा डुंगामा खुट्टा हाल्ने वा एकैचोटी धेरैतिर हात हाल्दा असफल हुने सम्भावना धेरै हुन्छ । यसो गर्दा तनाव हुन्छ र दिमाग अस्थीर तथा अधीर हुन्छ ।

बितेका कुरामा चिन्ता नगर्नुस्

बगेको खोला फर्किँदैन भनेझैँ बितिसकेका कुराहरु चाहे जतिसुकै पीडादायी होउन् त्यसमा तपाइँले अहिले जति नै धेरै चिन्ता जनाएपनि त्यसमा कुनै फरक पर्दैन । त्यसैले बितेका कुरामा चिन्ता वा पश्चाताप गरिरहनुको अर्थ छैन । त्यस्तै भोलिको कुरालाई लिएर बढि चिन्ता वा उत्तेजना पालिरहनु पनि आवश्यक हुँदैन । आज तपाइँको अगाडि जे छ, त्यसमै चित्त बुझाउने तथा राम्रो बनाउने तर्फ प्रयास गर्नुपर्छ ।

कुनै एउटा खराब कुरालाई लिएर पूरै दिन बर्बाद नगर्नुस् : 

एउटा समय खराब थियो भनेर सधै उस्तै खराब हुँदैन । त्यसैले दिनमा एउटा कुनै अपि्रय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पूरै दिन बर्बाद गर्नु हुँदैन । सकारात्मक सोँच्नुपर्छ र नमीठो अनुभवलाई भुल्नुपर्छ ।

अप्रिय कुरामा नअल्झिनुस् 

पूरै किताबको कहानी त्यसको एक अध्यायले बताउन सक्दैन । त्यसैले कुनै एउटा गल्तीले नै तपाइँको पूरै प्रतिष्ठा धमिल्याउन सक्दैन । तपाइँको चरित्र नामेट पार्न एउटा मात्र खराब घटना पर्याप्त हुँदैन । त्यसैले जिन्दगीका पानाहरु पल्टाउँदै जानुस् । कु्नै एउटा अपि्रय कुरा तथा गल्तीमा नअल्झिरहनुस् ।

जिन्दगी सधै बदलिरहन्छ

तपाइँ कहीँ फस्नुभएको छ, यो एउटा अनुभव मात्र हो वास्तविकता होइन । त्यसैले म कतै फसिहालेँ भन्ने कुरा नसोँच्नुहोस् । जिन्दगी हरेक सेकेण्डमा बदलिरहेको हुन्छ । त्यसैले सोही बदलाव सँगै आफुलार्य पनि बदल्नुहोस् ।

कल्पनामा नियन्त्रण

हरेक चिज दुइपटक बन्दछन् । एकपटक दिमागमा र दोश्रोपटक वास्तविकतामा । त्यसैले आफ्नो कल्पनालाई नियन्त्रणमा राख्नुहोस् । किनकी तपाइँको सोँच वा कल्पनानै आखिर यथार्थमा परिणत हुनेहो । यसको मतलब दिमागमा नकारात्मक कामको कल्पना वा सोँच बनाउनु हुँदैन । बढि महत्वाकांक्षा पाल्नु पनि हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV