बर्दिया जिललामा पनि आगमि २९,३० र ३१ गते का दिन हात्ति पाईले रोग निवारणका लागि औषधी खुवाईने कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले तय गरेको छ । नेपाल सरकारले हात्तिपाईले रोग निवारण गर्नका लागि औषधि सेवन गराउँने कार्य शुरु गरेको यस पटक पाँच बर्ष पुगेको छ । ६१ जिल्लामा यो कार्यक्रम लागु गरिएको भए पनि ति मध्य बर्दिया जिल्ला उच्च जोखिममा रहेको जिल्ला स्वास्थय कार्यालय बर्दियाले जनाएको छ ।
पाँच बर्ष अघि तत्कालिन डेउढाकला गाविसमा गरिएको सर्वेक्षणमा त्यस मध्यमा ४२ प्रतिशत मानिसमा हात्ति पाईले रोगको जिवाणु देखा परेको हुनाले बर्दिया जिल्लालाई पनि हात्तिपाईले रोगको उच्च जोखिम जिललाका रुपमा हेर्ने गरिएको छ । बिगतका बर्षहरुमा बर्दिया जिल्लाको कुल जन संख्याको ८० प्रतिशत मानिसलाई हात्तिपाईलेको औषधि खुवाईएको भए पनि यस बर्ष भने त्यसलाई बढाएर ९० प्रतिशत सम्म पुर्याउँने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले राखेको छ ।
जिल्ला भरिमा पनि बर्दिया जिललाका केही गाविसहरु अत्यन्तै जोखिममा रहेका छन । जिल्ला सदरमुकाम गुलरिया लगायत यस देखि उत्तर तर्फका मगरागढी, धधवार, बाँसगढी नगरपालिका, मोहम्मदपुर गाविस, र राजापुर नगरपालिका समेत हात्ति पाईले रोगको उच्च जोखिमा रहेको जिल्ला स्वास्थय कार्यालय बर्दियाका हात्ति पाईले रोग निवारण कार्यक्रममा फोकल पर्सन बालकृष्ण शर्माले बताउँनु भयो । केही गाविस अति नै जोखिमा छन तर अहिले जिल्ला नै हात्तिपाईलेको जोखिममा भएको पाँच बर्ष अघिको सर्वैक्षणले प्रश्ट पारेको समेत उहाँले बताउँनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले आगामि फागुन २९,३० र ३१ गते हात्तिपाईले रोगको औषधि सेवनका लागि ९० हजार घर धुरिमा करिव २ हजार १० जना स्वयंसेवक र कर्मचारीलाई खटाउँने भएको छ । लगातार चार पटक सम्म औषधि सेवन गरेका सर्वसाधारणले यस पटक पाँचौ पटक औषधि सेवन गर्ने छन भने अहिलो सम्म नगरेकाले पनि अबको ६ बर्ष पछाडी सम्म भए पनि औसधी सेवन गर्नु पर्नेछ । हात्तिपाईले रोगको उच्च जोखिमा रहेका ६१ जिल्ला मध्यमा बर्दिया जिलला पनि जोखिम पुर्ण जिल्ला भित्र पर्ने हुनाले सवैलाई औषधि सेवनका लागि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले अनुरोध समेत गरेको छ ।
उच्च जोखिममा रहेको बर्दियामा पनि २९ गते औषधी खुवाउँने कार्यक्रम तय गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख बिर्ख बहादुर शाहीले बताउँनु भयो । सर्वेक्षणका क्रममा अत्याधिक रुपमा हात्तिपाईलेको जिवाणु फेला परेकाले जोखिमपुर्ण जिल्लाका रुपमा हेरीएको समेत उहाँले बताउँनु भयो ।
देश भरका ६१ जिल्लामा सरकारले आगामि २० गते देखि हत्ति पाईले रोग निवारणका लागि औषधि खुवाउँने कार्यक्रम राखेकोले प्रभावित क्षेत्रमा अनिवार्य रुपमा औषधी खान सरकारले आाग्रह गरेको छ ।