काठमाडौँ, बिहिबार स्थानिय बजारमा सुनको भाउ ओरालो लागेको छ । सो दिन सुनको मूल्य प्रतितोला ३ सयले घटेर ५६ हजारमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
केहि दिन अघि सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ पुगेको थियो । बुधबार २ सयले घटेर ५६ हजार ३ सयमा कारोवार भएको सुन स्थानिय बजारमा बिहिबार पुन २ सय रुपैयाले ओरालो लागेर ५६ हजारमा कारोवार भएको छ । पछिल्लो समय डलरमा आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै चाँदीको मूल्य भने बिहिबार स्थिर रहेको छ । यसअघि मङ्गलबार ७ सय ३० रुपैयामा कारोवार भएको चादी बुधबार ५ रुपैयाले घटेर प्रतितोला ७ सय २५ मा कारोबार भएको थियो । त्यसैगरी बिहिबार पनि चाँदी सोहि भाउमा कारोवार भएको महासंघले जनाएको छ ।