२७ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ, नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्य पदमा २५० मतको गणना हुँदासम्म प्रकाशमान सिंह सबैभन्दा अगाडि देखिनुभएको छ ।

Prakash-Man-Singh
यसअघि सबैभन्दा अगाडि देखिनुभएका खुमबहादुर खड्का भने दोस्रो नम्बरमा पर्नुभएको छ । सिंहले १५४ र खड्काले १५२ मत पाउनुभएको छ ।

त्यसैगरी, प्रदीप गिरी र प्रदीप पौडेल दुवैले १४५ मत ल्याउनुभएको छ भने विमलेन्द्र निधि र डा शेखर कोइरालाले १४४ मत ल्याउनुभएको छ । बालकृष्ण खाँण १४०, केवी गुरुङ १३८, महेश आचार्य १३७, रमेश लेखक १३६, विश्वप्रकाश शर्मा १३५, पूर्णबहादुर खड्का १३२, डा प्रकाशशरण महत १२९, गोपालमान श्रेष्ठ १२६, डा रामशरण महत १२४, धनराज गुरुङ १२३ र सुजाता कोइराला १२२ मत ल्याउन सफल हुनुभएको छ ।

त्यसैगरी, शङ्कर भण्डारी १२१, डा नारायण खड्का १२०, ज्ञानेन्द्रबहादुर कार्की ११९, बलबहादुर केसी ११८, डा मीनेन्द्र रिजाल ११६ र चन्द्र भण्डारी ११३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । एनपी साउद, महालक्ष्मी उपाध्याय, पद्यमनारायण चौधरी र बन्द्री पाण्डेले भने समान १०९ मत ल्याएर २४, २५, २६ र २७ औँ नम्बरमा पर्नुभएको छ ।

काँग्रेसको खुल्ला केन्द्रीय सदस्यमा २५ जना निर्वाचित हुनुपर्नेमा ९० जनाको उम्मेदवारी परेको छ । अट्ठाइसौँ नम्बरका जिपछिरिङ लामाले १०७, २९औँ नम्बरका उदयशम्शेर राणाले १०६ र ३०औँ नम्बरका मनमोहन भट्टराईले १०१ मत ल्याउनुभएको छ ।

मतगणना कार्य जारी छ । बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV