२७ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,   हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले नेपाली कांग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाको उपमा पाउने भएका छन् । देउवा सभापतिमा निर्वाचित भएलगतै उनले देउवाकै नक्कल उतारेका छन् ।

dhurmus

यसअघि एमाले अध्यक्ष केपी ओलीको नक्कल गर्दै आएका धुर्मुसले अब देउवाको नक्कल गर्ने भएका छन् । देउवाको रुपमा सजिएको तस्विर उनले सामाजिक सञ्चालमा सार्वजनिक गरेका छन् । उनले तस्विर मात्र नभई देउवाको नक्कलमा नयाँ हास्य भिडियो सार्वजनिक गरेका छन् ।

हास्य भिडियोमा धुर्मुसले नवनिर्वाचित कांग्रेसका सभापति देउवालाई रुखको हागाविगा भएको पार्टी भनेर चित्रण गरेका छन् भने त्यसको मुल हाँगा देउवालाई बनाएका छन् । उनले भिडियोमा उमेर पुगेर आफ्नो कपाल सेताम्मै फुलेपनि युवा नेता भएको जिकिर गरेका छन् । भिडियो हेर्नुहोस

LIVE TV