२७ फाल्गुन २०७२, बिहीबार

अहिले निकै चर्चामा रहेकी बलिउड नायिका आलिया भट्ट ‘ईङलिस बिङलिस’ फिल्ममा सुपर स्टार शाहरुख खान सँग काम गरेकी छिन् । फिल्म ‘ईङलिस बिङलिस’मा आलियाले शुरुमा शाहरुख खानको स्टारडमलाई देखेर डराउँदै आफ्ना नङ टोकेकी बताईन् । तर काम गर्दै जाँदा र शाहरुख खानसँग समय बिताउँदै जाँदा शाहरुखको फ्यान भएको उनि बताउँछिन् ।
40997670.cms
शाखरुखको प्रसंसा गर्दै आलियाले भन्छिन् “उनले धेरै काम गर्छन्, काम गर्दा उनि दिन र रात पनि केहि देख्दैनन् । यस्तो ठुलो स्टार भएर पनि सबैको कुरा ध्यान दिएर सुन्छन् ।” अहिले आलियाले अभिनय गरेका फिल्म ‘कपुर एण्ड सन’ मार्च १८ मा रीलीज हुने हुदैछ । फिल्म कपुर एण्ड सन लाई शकुन बत्राले निर्देशन गरेका छन् भने करण जोहरको प्रोडक्शन हाउसमा निर्माण भएको छ । फिल्ममा आलियाका साथै सिद्धार्थ मल्होत्रा,ऋषि कपुर, फवाद खान लगाएतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

aliastory_647_080315054852

SRK-Alia-0

प्रतिक्रिया दिनुहोस्

LIVE TV