
छोटो समयमानै धेरै दर्शकहरुको मन जित्न सफल हाँस्या टेलिश्रृंखला ‘भद्रगोल’ पुनः प्रसारणमा आउने भएको छ ।
मिडिया हबद्धारा प्रस्तुत हाँस्या टेलिश्रृंखला ‘भद्रगोल’ केहि महिना देखि प्रसारण बन्द भएको थियो । साथै नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएका अन्य टेलिश्रृंखलाहरु पनि सँगै बन्द भएका थिए । दुईवर्ष देखि नियमित रुपमा हाँस्या टेलिश्रृंखला ‘भद्रगोल’ नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको थियो । यि दुईवर्षभित्र हाँस्या टेलिश्रृंखला ‘भद्रगोल’ले अन्य टेलिश्रृंखलाहरुको तुलनामा निकै चर्चामा आउन सफल भएको थियो । यसैले पुनः प्रसारण आउन लागेको बताईएका छन् । यसै भद्रगोल टेलिश्रृंखलाका कलाकार (बले) सागर लाम्सालले जानकारी दिएका हुन् । आउँदो हप्ताको शुक्रबार देखि भद्रगोल पुनः प्रसारणमा आउने भद्रगोल टिमले सामाजिक सञ्जाल मार्फत पनि जानकारी गराएका छन् ।