२७ फाल्गुन २०७२, बिहीबार

पछिल्लो समयमा नेपाली फिल्महरु फ्लोरमा जानु भन्दा पहिले फिल्मको घोषणा गरे पछि मात्र फिल्मको छायाँकन सुरु गरीने चलन बढिरहेको छ । त्यस्तै फिल्म ‘सयपत्रि’ ले पनि प्रेसमिटको आयोजना गर्दै ‘सयपत्रि’ फिल्म निर्माणको घोषणा गरेको छ । फिल्म ‘सयपत्रि’ले एक सच्चा सैनिकको प्रेमकथालाई प्रस्तुत गर्ने निर्माण पक्षले बताएका छन् । त्यस्तै फिल्मको फस्टलुक अनबरण पनि प्रधान सेनापति राजेन्द्र क्षेत्रिले गरेका थिए ।
vlcsnap-2016-03-10-11h48m52s701

फिल्म ‘सयपत्रि’लाई सुनिल श्रेष्ठले निर्माण गर्ने भएका हुन् । त्यस्तै फिल्मलाई सुदिप भुपाल सिंहले निर्देशन गर्ने भएका छन् । यो भन्दा पहिले सिंहले फिल्म मालाको निर्देशन गरेका थिए । उनले माला फिल्ममा गरेका निर्देशनबाट राम्रो प्रसंसा बटुलेका थिए । निर्माण हुन लागेका फिल्म ‘सयपत्रि’का निर्माताले फिल्मको स्कृप्टका साथै निर्देशक र कलाकारहरु सँगै फिल्मका सम्पुर्ण युनिटमा भरोसा रहेको बताएका छन् ।
vlcsnap-2016-03-10-11h46m51s490

निर्माण हुन लागेको फिल्म ‘सयपत्रि’मा सुरजसिंह ठकुरी, संदीप क्षेत्रि र आकांक्षा कार्कीले मुख्य भुमिकामा अभिनय गर्ने भएका छन् । उपस्थित ‘सयपत्रि’का कलाकारहरु सुरजसिंह ठकुरी र आकांक्षा कार्की दुवै सैनिक परिवारका भएकाले सैनिकको पारीवारीका बातावरणमा फिल्ममा अभिनय गर्न पाउँदा निकै उत्साहित भएको बताए । त्यस्तै सुरजसिंह ठकुरी आफु सैनिक बन्नका लागि निकै प्रयास गर्दा पनि सफल हुन नसकेकाले फिल्म ‘सयपत्रि’ले पुरा गर्ने बताएका थिए । त्यसैले फिल्म ‘सयपत्रि’मा काम गर्न पाउँदा खुशि लागेको बताए ।
vlcsnap-2016-03-10-11h51m34s313

फिल्म ‘सयपत्रि’को शुटिङ भने कहिले देखि सुरु हुने भन्ने निर्माण टोलीले खुलाएका छैनन् ।
vlcsnap-2016-03-10-11h52m21s267

प्रतिक्रिया दिनुहोस्

LIVE TV