२७ फाल्गुन २०७२, बिहीबार

चलचित्र राहदानीको ‘अफिसियल ट्रेलर’ सार्वजनिक गरिएको छ ।
यसलाई सामाजिक सञ्जाल युट्युबाट सार्वजनिक गरिएको हो । राजधानी र मोफसलका
सिनेमा हलमा समेत पठाईएको अफिसियल ट्रेलर एक मिनट ३० सेकेण्ड रहेको छ ।
यो चलचित्र आगामी १२ चैतबाट देशब्यापी प्रदर्शनीमा आउँदैछ । चलचित्र
प्रदर्शनीको तिथि नजिकिँदै गरेको बेला यसको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा चलचित्रका मुख्य तीनओटा गीतलाई महत्व दिईएको छ । यस्तो अभिनेता
दयाहाङ राई र उनका भाईको चरित्र निर्वाह गरेका अशोक रिजालले मलेशियामा
आफ्न्त आपतमा पर्दा भोग्नु परेका कठिनाई र तनावलाई ट्रेलरमा महत्व दिईएको
dayahang rai and ashok rijal in rahadani movie
छ।
यस्तै रेडियोमा निकै बजेको राहदानीको ‘कल्चरल’ गीत मारुनीको भिडियो पनि
यु ट्युव मार्फत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको सँगीत, र निशा
देशारको स्वरको यो गीत डा। गोबिन्द कुसुमले लेखेका हुन् । यो गीतमा
अभिनेत्रीहरु रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, आयुष्मा श्रेष्ठ,
अस्मिता बस्नेताले नृत्यमा प्रतिस्पर्धा गरेका छन् । मिस टिन नेपालकी
पूर्व फस्ट रनरअप एवँ मोडल आयुष्मा राहदानीबाटै नेपाली रजतपत्रमा
उत्रिँदैछिन् ।
rahadani maruni song photo in srijana subba (4)
यसमा दयाहाङ राई अशोक रिजालसँगै नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी,
तेन्जिङ शेर्पा, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत, दिनेश दुलाल
लगायतका कलाकार पनि छन् ।सञ्चारकर्मी डब्बु क्षत्रीद्धारा लिखित
निर्देशित यो चलचित्रको निर्माण लक्ष्मीप्रसाद ढकालसँगै रियाना पात्रबँश,
रम्भा पाण्डे, कृष्ण चन्द्र झा, अभिषेकमान सिंहले गरेका हुन् ।
रामशरण उप्रेतीले खिचेको यो फिल्ममा अभिनेत्री रिमा विश्वकर्मा एउटा आईटम
गीतमा छिन् । यो चलचित्रमा काम तथा अन्य सिलसिलामा विभिन्न देश पुगेका
नेपालीहरुले भोग्नु परेको समस्यामा केन्द्रित रहेको यसका निर्देशक
क्षत्रीले जानकारी गराए ।
rahadani maruni song photo in srijana subba (3)

dayahang rai in rahadani movie

LIVE TV