२७ फाल्गुन २०७२, बिहीबार

फागुन, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–७ पिप्लेका एक बालकको पूजा गरेर फालेको आगो सल्कँदा बुधवार ज्यान गएको छ ।

घर नजिकैको जङ्गलमा जङ्गली देवताको पूजा गर्नका लागि धुपौरामा आगो बोकेर बत्ती बाली सल्लीपिरमा फालेर आगो सल्कँदा ११ वर्षीय मनिष खत्रीको ज्यान गएको हो ।

fire

आफ्ना आफन्तसँग जङ्गली देवताको पूजा गरी धुपौरोमा लगेको आगो खनाई फर्केकामा सोही आगोबाट जङ्गलमा आगलागी भई निभाउन जाने क्रममा सोही स्थानमा बस्ने नारायण खत्रीको छोरा मनिष गम्भीर घाइते भएका थिए ।

घाइते भएका मनिषलाई उपचारका लागि काठमाडौँ लाने क्रममा बुधवार दिउँसो बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले बताए ।

रासस

 

LIVE TV