२७ फाल्गुन २०७२, बिहीबार

अभिभावकको उजुरीका आधारमा विद्यार्थी कुट्ने शिक्षकलाई सार्वजनिक मुद्दा दायर गरिएको छ । महानगीर प्रहरी वृत्त चापागाउँले कालेश्वरको बाघ भैरव उमाविका माध्यमिक तहका सामाजिक विषय शिक्षक उपेन्द्र घिमिरेलाई सार्वजनिक मुद्दा दायर गरेको हो ।

school1-600x250

महानगरीय प्रहरी वृत्त चापागउँका डिएसपी गोविन्द आचार्यले अभिभावकको उजुरीका आधारमा सार्वजनिक मुद्दा चलाएर अनुसन्धान गरिरहेको बताए । ‘अनुसन्धानपछि सरकारी वकिलमार्फत फाइल जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं,’ उनले भने, ‘अन्तिम निर्णय निर्णय प्रमुख जिल्ला अधिकारीले गर्नेछन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV