
सत्ताखेलका माहिर खेलाडी मानिने पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएलगत्तै सिंगो राजनीति तरगिंत भयो ।
तरंग ल्याउने विषय हो – सरकार परिवर्तन ।
देउवा सभापतिमा निर्वाचित भएको घोषणा हुनेबित्तिकै उनी निकट नेताहरुले तत्काल सरकार परिवर्तन हुने र त्यसको नेतृत्व देउवाले लिने प्रतिक्रिया दिए । त्यतिमात्रै होइन, वर्तमान सरकारकै घटक दलका नेतासमेत कांग्रेसका नेतासँग यही विषयमा कुराकानी गर्न दौडधुप गर्न थालेको समेत सार्वजनिक भयो । साँचै सरकार परिवर्तन गर्ने बेला भएको हो त ? के गर्लान् अब यी सत्ताका खेलाडीले ?
एमाले उपमहासचिव घनश्याम भुसाल सभापति देउवालाई व्यवहारवादी नेता मान्छन् । ‘व्यवहारवादी राजनीति भनेको तत्काल जे गर्दा फाइदा हुन्छ, त्यही गर्ने हो, व्यवहारवादमा आफैंमा नराम्रो होइन’, उपमहासचिव भुसालले भने, ‘स्थापित मूलय र मान्यताका लागि भने यो डरलाग्दो पक्ष हो ।’ देउवा व्यवहारवादी नेता रहेको जनाउँदै भुसालले यस्ता व्यक्ति सरकार मात्र होइन, जुनसुकै बेला एजेन्डासमेत फेर्न सक्ने बताए ।
देउवामाथि सत्तामा टिकिरहन संसदीय व्यवस्थाभित्र विकृति भित्राएको र व्यक्तिगत शक्तिका लागि प्रजातन्त्र नै दरबारमा बुझाएको जस्ता संगीन आरोप लाग्दै आएको छ । आजको नागरिक दैनिकमा खबर छ ।