२७ फाल्गुन २०७२, बिहीबार

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वित थिचेर नेपालतर्फ पठाइएको बिजुली जम्मा पाँच महिनाका लागि रहेको तर प्रसारण लाइनको भाडा भने वर्षैभरि तिर्नुपर्ने सम्झौता गरिएको खुलेको छ ।

Bulb-Bijuli

पाँच महिनाका लागि ढल्केवर–मुजम्फपुर प्रसारण लाइनबाट ८० मेगावट बिजुली आयात भए पनि नेपालले उक्त प्रसारण लाइन उपयोग गरेबापत हरेक महिना साढे आठ करोड रुपैयाँ तिर्नुपर्ने सम्झौता गरिएको खुलेको हो ।

फागुन ९ गते प्रधानमन्त्री केपी ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्रीले नयाँदिल्लीमा संयुक्त स्वीच दबाएर ८० मेगावट बिजुली नेपाल पठाएका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV