
काठमाडौं । नाकाबन्दीका कारण इन्धन आपूर्तिमा देखिएको असहजताले राजधानीको चक्रपथ विस्तार कार्यसमेत प्रभावित भएको छ ।
काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर रमेशकुमार दिष्टलिे भूकम्प र त्यसपछिको पराकम्प तथा इन्धन आपूर्तिको असहजताका कारण चक्रपथ विस्तारको काम करिब पाँच महिनासम्म अगाडि बढ्न नसक्दा चक्रपथ विस्तार कार्य एक वर्ष ढिलो सम्पन्न हुने बताएका हुन् ।अाजको गोरखापत्रमा समाचार छ ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालय र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच सन् २०१७ जनवरीसम्म चक्रपथ विस्तारको सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सो सम्झौता १८ डिसेम्बर २०१२ मा भएको थियो ।
उनले योजनालाई आवश्यक इन्धन नेपाल आयल निगमले उपलब्ध गराउन थालेपछि चक्रपथ विस्तारको काममा सहजा आएको बनाए । अहिलेकै गतिमा काम अगाडि बढिरहने हो भने सन् २०१८ जनवरीसम्म चक्रपथ विस्तारको सम्पूर्ण कार्य पूरा हुने इन्जिनियर दिष्टीले बताए ।