२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,  निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको आफ्नो पहिलो एयरबस नेपाल आइपुगेको छ ।
नेपाल–चीनको संयुक्त लगानीमा सन्चालित हिमालय एअरलाइन्सको पहिलो उडान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनको छेंदुमा विमान हस्तान्तरणपछि विमानलाई काठमाडौं ल्याइएको हो ।
himal
१ सय ५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको ८ ओटा सिट विजनेस र १ सय ५० सिट इकोनोमी क्लासको रहेको छ ।
नेपालबाट अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदान गर्न हिमालयले तिब्बत एयरलाइन्ससँग सहकार्य गर्न लागेको हो । चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जनाएको छ । हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो । हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ ।  हिमालयले विस्तारै अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।

हिमालय एअरलाइन्सको पहिलो व्यवसायिक उडान दिल्ली हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV