
धरान , पाँच दिनको अवधिमा विभिन्न स्थानबाट लागू औषधसहित ९ जना लाइ प्रक्राउ गरी धरान प्रहरीले आज सार्वजनिक गरेको छ । समयमा प्रहरीले धरान १३ का कुलबहादुर सुनुवार, धरान १७का अमृत मगर, आकाश तामाङ, सप्तरी घर भई धरान ११ बस्दै आएका अम्बर श्रेष्ठ,धरान ८ बस्ने कुलद्धिप साह, धरान १५का दिपक राई ,रोहिष राई, रञ्जित खड्गी, धरान ९ का लाक्पा शेर्पालाई पक्राउ गरी आज सर्वाजनिक गरेको हो
पक्राउ परेकाको साथबाट भारीमात्रामा लुपिजेसिक, एभिल, नाइट्रोसन, कोरेस, स्पामोप्रोक्सिन लगायतका लागू औषध सहित नगद १४ हजार ७ सय समेत बराबदर गरी कारबाहीका लागि मुद्धा दर्ता गरेको छ । पक्राउ परेकारुकाबाट मोवाइल सेटसहित लागू औषध ओसारपसारमा प्रयोग गरेको को १ छ ८०८, को १६ प ८०५२ को २१ प ३६१८ नम्बरको तीनवटा मोटरसाइकले समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई लागू औषध कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेश श्रेष्ठले जानकारी दिनुभयो । धरानलाई लागू औषध कारोबारीको केन्द्र बनाउने संख्या विगतमा धेरै भएपनि प्रहरीले चेकजाचलाई कडा गरेपछि कारोबारीमा कमी आएको प्रहरीले दाबी समेत गरेको छ ।