२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,  नक्कली चिकित्सक भेटिने क्रम बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले मुलुकभरका सबै डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सुरु गरेको छ । काउन्सिलमा दर्ता रहेका करिब १७ हजार डाक्टरको प्रमाणपत्र आगामी ६ महिनाभित्र सक्ने गरी यसै सातादेखि सबै डाक्टरको प्रमाणपत्र छानबिन गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

nmc

काउन्सिलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, उच्च माध्यमिक शिक्षा परिषद् तथा परीक्षा नियन्त्रण कार्यालयसँग मिलेर चिकित्सकको प्रमाण  छानबिन अभियान सुरु गरेको हो । नक्कली डाक्टरको खोजी अभियानअन्तर्गत काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘अपरेसन क्वाक’ लाई निरन्तरता दिँदै मुलुकभरका डाक्टरको प्रमाणपत्रलाई छानबिनको दायरामा ल्याइएको हो ।

काउन्सिलमा हालसम्म दर्ता रहेका करिब १७ हजार डाक्टरको शैक्षिक प्रमाणपत्र छानबिन सकिएपछि नयाँ थपिने डाक्टरको प्रमाणपत्र पनि छानबिन गरिने काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरको प्रमाणपत्र सही भएको ग्यारेन्टी गर्न सकिने स्थिति निर्माण गरिने र एसएलसी र प्लस टुका प्रमाणपत्र अनलाइनबाटै जाँच्ने प्रबन्ध मिलाइएको छ विदेशबाट लिइएको प्रमाणपत्र विदेशी निकायसँगै समन्वय गरेर परीक्षण गर्ने प्रबन्ध मिलाउने प्रक्रिया सुरु गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV