२६ फाल्गुन २०७२, बुधबार

विराटनगर भंसार कार्यालयबाट जाँच पास भई गएको सामान प्रहरीले वेवारिसे भन्दै पक्राउ गरी राजस्व अनुसंधान कार्यालय इटहरीमा बुझाएको विरोधमा भंसार एजेण्टहरुले हिजोदेखि सुरु गरेको आन्दोलन आज पनि जारी रह्यो ।

Bhansar-Biratnagar

मंगलबार २ बजे देखि पेनडाउन गरेका भंसार एजेण्टले बुधवार २ बजे सम्म पेन डाउन गरेका थिए । प्रहरीको ज्यादती नरोकिए बिहिवार देखि अनिश्चितकालीन काम बन्द गर्ने विराटनगर भंसार एजेण्ट संघका अध्यक्ष विजेन्द्र पराशरले बताउनु भयो । प्रहरीले फागुन २२ गते भंसार छलेर ल्याएको कपडा भन्दै संचित भगतको को १ ख ३७७४ नम्बरको ट्रक पक्राउ गरी राजस्व अनुसंधान कार्यालय इटहरीमा बुझाएको थियो ।

विराटनगर भंसार कार्यालयले दैनिक ६ करोड रुपैया भन्दा बढी भंसार राजस्व संकलन गर्ने गरेको विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

भंसार एजेण्टहरुले काम बन्द गर्दा विराटनगर भंसार कार्यालयको भंसार राजस्व समेत प्रभावित भएको छ । मंगलबार विराटनगर भंसार कार्यालयले २ करोड ४६ लाख रुपैया मात्र भंसार राजस्व संकलन गर्न सकेको थियो ।

 

 

LIVE TV