२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ, नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

ranjit-ray-e1429624146459ser-bdr-1
आज देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूत रायले नेपालमा सदैव लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको पार्टी काँग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

करिब आधा घण्टा भएको सो भेटमा राजदूत रायले भारत सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिँदै भारतले सदैव नेपालमा शान्ति, स्थिरता र समृद्धि भएको हेर्न चाहेको विचार व्यक्त गर्नुभयो ।

भेटमा सभापति देउवाले नेपाल र भारतबीच सदीयौँदेखि ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा दुबै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV