२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,  भुकम्प पीडितको सहयोगकालागि जर्मनीमा खोलिएको एक संस्था नेपालका भुकम्प प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रम लिएर पुगेको छ । जर्मनमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था आउफबाउ हिल्सले अहिले धादिङ जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिहेको छ ।

mahes-gautam

संस्थाले धादिङ जिल्लाको गोगनपानी गाविस ६ का पीडितहरुलाई ६० लाख बराबरको खाद्यान्न लगायतका सामग्री वितरण गरेको  छ । त्यस्तेै थाके्र गाविसका १ सय ३ धरधुरीलाई विभिन्न संस्थासँगको समन्वयमा जस्तापाता समेत वितरण गरेको जनाएको छ । भूकम्पबाट क्षतिको सामना गरेका सेतीदेवी माध्यमिक विद्यालय ,महाकाली उच्च मावि ,गोगनपानी मावि र महादेवस्थान माविकालागि भौतिक निर्माण, पाठ्यपुस्तक वितरण र छात्रवृत्ति वितरणमा समेत सहयोग गरेको छ ।

त्यस्तै भुकम्पमा अभिभावक गुमाएका टुहुरा बालिकाको पठनपाठनमा सहयोग गर्न मासिक पढाई खर्च पनि प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV