२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,  प्रहरी प्रशासनले उद्योग व्यवसाय गर्ने वातावरण बिगारेको भन्दै उद्योगी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासघको अगुवाईमा  उद्योगी व्यवसायीको टोलीले  अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी हस्तक्षेपको विरोध गरेको हो ।

महासंघको अगुवाईमा  उद्योगल परिसघ, चेम्वर अफ कमर्स र  बैदेशिक रोजगार ब्यवसायी सघ लगायतका ब्यवसायीहरुको सघ सस्थाहरुले अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर ब्यवसायिक सुरक्षाको माग गरेका हुन् । उद्यमी ब्यवसायीहरुले केही दिन अघि प्रहरीले १७ ओटा म्यान पावर कम्पनीको सञ्चालकहरु र औषधी उद्योगहरुमा गरेको छापाको विरोध गरे । उनीहरुले प्रहरी नियन्त्रणमा रहेका उद्योगी व्यवसायीकको रिहा गर्न समेत मन्त्रीहरुलाई आग्रह गरे ।

गत साता प्रहरीले औषधी उद्योगहरुले नाजायज मूल्य बढाएको भन्दै छापा मारेको थियो भने बैदेशिक रोजगार व्यवसायीहरुले कामदारलाई ठगी गरेको आरोपमा ब्यवसायीहरुलाई नियन्त्रणमा लिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV