२६ फाल्गुन २०७२, बुधबार

सुर्खेत ,  पहिचान हुन नसकेको रोगका कारण सुर्खेतको लगाम गाविसमा  २ जना बृद्धको मृत्यु भएको छ । अरु केहि गाउँले विरामी परेका छन । लगाम गाविस ५ तालागाउँ ७५ वर्षे मानसिंह साँवद र ५८ वर्षे खड्कबहादुर साँवदको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

bed ma sliping

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले प्रारम्भिक लक्षणका आधारमा मौसमी रुघाखोकी भएको हुन सक्ने आशंका गरिपनि यसको पुष्टी हुन नसकेको बताउनुभयो । उहाँले बिरामीहरुमा देखिएको वान्ता हुने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने, रुघाखोकी लाग्ने  क्षणहरुको आधारमा भाइरल फिवर भएको हुन सक्ने बताउनुभयो ।

गएको सातादेखि गाउँमा संक्रमण देखापरेपछि बिद्यालयसमेत बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक देवबहादुर साँवदले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले रोग प्रभावित क्षेत्रमा औषधिसहित ३ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । मौसम परिवर्तनका कारण भाइरल फिवर भएको हुन सक्ने भन्दै कार्यालयका प्रमुख अधिकारीले छिटै नियन्त्रणमा आउने उल्लेख गर्नुभयो ।

LIVE TV