२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,  नेपाली काँग्रेसमा खुला तर्फका केन्द्रीय सदस्यको मतगणना प्रोजेक्टरमार्फत गरिएको छ । २५ जना केन्द्रीय सदस्यका लागि ९० जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका कारण सबै उम्मेद्वारका प्रतिनिधिलाई मतपत्र देखाएर गणना गर्न कठिन भएकाले प्रोजेक्टरमार्फत मतगणना गरिएको हो ।hitek

केन्द्रीय निर्वाचन समितिले सुरुमा मतपत्रमा लगाइएका ठीक चिन्ह प्रोजेक्टरमा देखाएर सदर भए त्यसपछि उम्मेद्वारले पाएको मत उम्मेद्वार र तिनका प्रतिनिधिलाई प्रोजेक्टरमै देखाएर गणना गरेको हो । केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारको संख्या धेरै भएकाले मतगणनास्थलमा उम्मेद्वार वा प्रतिनिधिमध्ये एक जनालाई मात्र बस्न दिएको छ । निर्वाचन समितिका सदस्यहरु अतिथि जसरी मञ्चमा बसेका छन् भने उम्मेद्वार वा उम्मेद्वारका प्रतिनिधि मञ्च अगाडिका कुर्सीमा बसेका छन् । केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले विश्वसनीयता कायम गर्न प्रोजेक्टरमार्फत मतगणना गरिएको बताउनुभयो ।

केन्द्रीय सदस्य पद्को मत परिणाम सुन्न पार्टी मुख्यालयको परिसरमा नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ । केन्द्रीय निर्वाचन समितिले ५० वटा मत गणना गरिसकेपछि उम्मेद्वारहरुले पाएको मत नेता तथा कार्यकर्ताहरुलाई माइकमार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV